हामी उपभोक्तासम्म शुद्ध, स्वस्थ, र गुणस्तरीय दूध पुर्याउने लक्ष्यका साथ दुग्ध गुणस्तर परीक्षण र प्रमाणीकरण सेवा प्रदान गर्छौं। दूध तथा डेरी उत्पादनहरूको शुद्धता, पौष्टिकता, तथा सुरक्षाको सुनिश्चितता गर्न विभिन्न आधुनिक प्रविधिहरूको प्रयोग गरिन्छ।
१. दूधको गुणस्तर परीक्षण
शुद्धता जाँच: दूधमा पानी वा अन्य पदार्थ मिसावट भएको छ कि छैन भन्ने जाँच।
फ्याट तथा SNF (Solid Not Fat) स्तर परीक्षण: दूधको पौष्टिक तत्वहरूको प्रमाणिकरण।
एण्टिबायोटिक तथा हानिकारक तत्व पहिचान: दूधमा कुनै हानिकारक रसायन वा औषधि अंश छ कि छैन भन्ने परीक्षण।
२. प्रयोगशालामा परीक्षण तथा प्रमाणिकरण
आधुनिक प्रयोगशालामा वैज्ञानिक विधिहरू प्रयोग गरी दूधको गुणवत्ता सुनिश्चित गरिन्छ।
परीक्षण पश्चात प्राप्त गुणस्तर रिपोर्ट उपभोक्ताहरूलाई उपलब्ध गराइन्छ।
सरकार मान्यता प्राप्त मापदण्ड अनुसार प्रमाणिकरण प्रक्रिया पूरा गरिन्छ।
३. दुग्ध उत्पादनमा स्वच्छता तथा हाइजिन परामर्श
डेरी फार्महरूका लागि सफाइ तथा दुग्ध उत्पादन प्रक्रियाको उचित व्यवस्थापन सम्बन्धी तालिम।
दूग्ध संकलनदेखि वितरणसम्म सुरक्षित ढंगले सञ्चालन गर्ने तरिकाहरू।
गाई तथा भैंसीको स्वास्थ्य व्यवस्थापनसम्बन्धी जानकारी तथा परामर्श।
हाम्रो लक्ष्य भनेको गुणस्तरीय डेरी उत्पादन सुनिश्चित गर्दै उपभोक्ताको स्वास्थ्य र विश्वासलाई प्राथमिकता दिनु हो। डुम्किबास डेरी प्रोड्यूसर्स एग्रीकल्चरल कोअपरेटिभ मार्फत शुद्ध र सुरक्षित दूधको उपभोग गरौँ!